अख्तियारको छानबिन छल्न सेनालाई स्वास्थ्य सामग्रीको जिम्मा: पूर्वप्रधानसेनापति जबरा

अख्तियारको छानबिन छल्न सेनालाई स्वास्थ्य सामग्रीको जिम्मा: पूर्वप्रधानसेनापति जबरा

चैत २७ काठमाडौ

पूर्वप्रधानसेनापति गौरव शमशेर जबराले छानबिनको दायराबाट उम्किन सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको बताएका छन्।

सेतोपाटीसँग कुरा गर्दै उनले अरू निकायलाई बेवास्ता गरेर सरकारले सेनालाई नै स्वास्थ्य सामान खरिद जस्तो गैर-सैनिक काम दिनुपछाडि असल नियत नभएको दाबी गरे।

‘सेनालाई यस्ता जिम्मेवारी दिनु भनेको अख्तियारको छानबिनबाट जोगाउनु हो भनेर धेरैले शंका गरेका छन्, यसपटक पनि त्यो पुष्टि भएको छ,’ उनले भने, ‘औषधि सरसामान खरिद गर्ने अरू निकाय हुँदाहुँदै किन सेना? कि सरकारका अरू मन्त्रालय काम गर्न नसक्ने भएका हुन्?’

सेनालाई खरिदको जिम्मा किन दिइएको भन्ने कुरा ओपन सेक्रेटजस्तै भइसकेको उल्लेख गर्दै उनले भने, ‘सेनालाई औषधि ल्याउन दिइएको जिम्मेवारीको कुनै पनि तथ्य वा तर्कले बचाउ गर्न सक्दैन।’

पूर्वप्रधानसेनपाति जबराले जिटुजी प्रक्रियाबाट गैर-सैनिक सामान खरिद गर्दा सेनाको कुनै जरूरी नपर्ने तर्क गरे।

‘जिटुजी प्रक्रियाबाट खरिद गर्ने भनेको कूटनीतिक काम हो। सेनाले कूटनीति गर्ने होइन। यसमा अर्थ, स्वास्थ्य, परराष्ट्र र गृह मन्त्रालयलाई किन अघि सारिएन? सेनासँग औषधि ल्याउनसक्ने क्षमता छ वा छैन भनेर पनि हेरिएन,’ उनले भने।

सेनालाई चाहिने सामग्री पनि सरकारले नै दिने  जबराको भनाइ छ।  उनले अहिले गर्न लागेको काम सेनाको कार्यक्षेत्रबाहिर  भएकाले यसले सेनालाई बदनाम गराउने बताए।

यो विपदको बेला सरकारले सेनालाई प्रयोग गर्ने भए बोर्डरमा क्वारेन्टाइन र आइसोलेसन क्याम्प बनाउन प्रयोग गर्नुपर्ने राणाको दिएको खबर आजको सेतोपाटीले लेखेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार