स्यालाखदिमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते, थप उपचारको लागि हेलिकप्टर व्यवस्था गरिदै

आठबिसकोटमा खुकुरी प्रहार

स्यालाखदिमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते, थप उपचारको लागि हेलिकप्टर व्यवस्था गरिदै

आठबिसकोटमा खुकुरी प्रहार

मुसिकोट । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाईते भएका छन् ।

आज दिउँसो जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ३ स्यालाखदिका २३ बर्षिय कर्णबहादुर बोहरा स्थानीय युवाकोहरुको खुकुरी प्रहारबाट गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल जंग शाहीका अनुसार घाईते बोहराको मुख, चिडडो, टाउकोमा गम्भिर चोट लागेको छ । उहाँलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकिमा लिईएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार भौगोलिक रुपमा विकट र त्यहाँ प्रभावकारी उपचारको व्यवस्था नभएकोले हेलिकोप्टर मार्फत थप उपचारको लागि बाहिर लैजान पहल भैरहेको छ ।

घटनामा संलग्न हुनेहरुमा स्थानीय १८ बर्षका महेन्द बिक, २४ बर्षका गोपाल बिक, २१ बर्षका विष्णु कामी, २२ बर्षका कृष्ण बिक रहेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेको र खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।

पुरानो राजनैतिक रिसिईबी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ । घाइते बोहरा नेपाली काँग्रेसका कार्यकर्ता हुन् भने आक्रमणकारीहरु नेकपा माओवादीका कार्यकर्ता रहेको जनाईएको छ ।

घटनाले ठुलो रुप लिने देखिएपछि जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार