आठबीसकोटमा चाडपर्व लक्षित बजार अनुगमन

आठबीसकोटमा चाडपर्व लक्षित बजार अनुगमन

रुकुम पश्चिम । दशैं तिहार लगायत चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न रुकुम पश्चिममा असोज १५ गतेदेखि बजार अनुगमन शुरु गरिएको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा वजार अनुगमन भैरहेको छ । अहिले सम्म मुसीकोट नगरपालिका, त्रिबेणि गाउँपालिका र सानीभेरी गाउँपालिकाका मुख्य बजार क्षेत्रमा बजार अनुगमन जारी रहेको छ ।

यसै अन्तरगत बुधबार जिल्लाको आठबीसकोट नगरपालिकास्थित सिमबजार र राडिबजारमा सञ्चालनमा रहेका करिब ७६ वटा खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा खाने तेलको मूल्य केहि पसल अनुसार फरक फरक पाईएको थियो । अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका पेय पर्दाथ, चाउचाउ, कुरमुरे जस्ता खाद्य सामाग्रीहरु बरामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सिवाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, आठबीसकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, ईलाका प्रहरी कार्यालय आठबीसकोट र उद्योग वाणिज्य संघ आठबीसकोटले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

त्यस्तै बरामत गरिएका अखाद्य सामाग्रीहरु आजै नगर प्रमुख गोर्खबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा लगायतको रोहवरमा नष्ट गरिएको छ ।

सयुक्त बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाह, आठबिसकोट नगरपालिका वडा नं. ९ वडा अध्यक्ष तारकबहादुर शाही, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहन कुमार केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, उद्योग वाणिज्य संघ आठबीसकोटका संयोजक रामबहादुर मल्ल, नगर प्रहरी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार