चार प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

चार प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । शुक्रबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गर्दै हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत कृष्णबहादुर शाहीको रौतहटको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ भने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार