निजामति कर्मचारी संगठनद्धारा शुभकामना आदानप्रदान

निजामति कर्मचारी संगठनद्धारा शुभकामना आदानप्रदान

मुसिकोट । नेपाल निजामति कर्मचारी संगठन रुकुम पश्चिमले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा रुकुम पश्चिमको सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालय बागबजारमा उक्त कार्यक्रम गरिएको नेकपा एमाले प्रचार विभाग प्रमुख कर्ण बहादुर ओलीले जानकारी दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु रिषि प्रसाद जैसि, नारायण शाह, नन्दराम देवकोटा, जिल्ला पार्टी संयोजक टंक प्रसाद ओली, प्रचार बिभाग प्रमुख कर्ण बहादुर ओलीको आतिथ्यता रहेको थियो ।

संगठनका जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य खिम प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा करिब ५० जना कर्मचारी सहभागी भएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार