रुकुम पश्चिममा स्थानीय युवाको आक्रमणमा परेर ७ प्रहरी घाईते

रुकुम पश्चिममा स्थानीय युवाको आक्रमणमा परेर ७ प्रहरी घाईते

मुसिकोट । रुकुम पश्चिममा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाईते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको बताईएको छ । बोहराको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट रहेको बताईएको छ ।

त्यसैगरी प्रहरी हवल्दार कालि बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र समातेको बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अबस्था बनेको हो ।

यस्तै घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेका छन् । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर ५ का २० बर्षका नरेश पुन मगर, वडा नम्वर १ का १८ बर्षका राजन प्रकाश गिरी, सोहि ठाउँका बर्ष २० का आकाश परियार र बर्ष २५ को हरि बहादुर घर्ती, वडा नम्बर १० का बर्ष २४ का खडानन्द केसी र रुकुम पुर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका ५ बस्ने बर्ष २३ को मर्कुश पुन मगर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकाहरु धनिराम नेपाली, स्वयल बिक, निसान पुन र बिक्कु भन्ने विकास परियार फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजि भैरहेको जनाईएको छ । घटनाको थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Posted in Uncategorized

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार