रुकुम पश्चिममा बिहानैदेखी वर्षा, दुई दिन अझै वर्षा हुने अनुमान

रुकुम पश्चिममा बिहानैदेखी वर्षा, दुई दिन अझै वर्षा हुने अनुमान

रुकुम पश्चिम लगायत कर्णाली प्रदेशमा सोमबार बिहानैदेखी वर्षा सुरु भएको छ । सोमबारदेखिको अविरल बर्षाका कारण  जिल्लाका विभिन्न स्थानमा पाकेको धानबालीमा क्षति पुगेको छ। दसैं लगत्तै किसानहरु धान बाली भित्र्याउन ब्यस्त भइरहेका बेला वर्षा भएपछि क्षति गरेको हो ।

वर्षा अझै दुईसम्म हुने अनुमान गरिएको छ । प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अझै दुई दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार