शंकर पोखरेलले रोक्न खोजको टरिगाँउ एयरपोर्ट बिस्तार जनार्दन शर्माले अघि बढाउलान ?

शंकर पोखरेलले रोक्न खोजको टरिगाँउ एयरपोर्ट बिस्तार जनार्दन शर्माले अघि बढाउलान ?

दाङको एक मात्रै तुलसीपुरस्थित टरिगाँउ एयरपोर्ट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलपछिको दोस्रो पुरानो एयरपोर्ट हो । मुलुककै पुरानो एयरपोर्ट र जिल्लाको हकमा एक मात्रै ऐतिहासिक एयरपोर्टको अवस्था भने ‘जस्ता थिए मितज्यू उस्ता उस्तै’ भन्ने उक्ति भन्दा खारै फरक छैन ।

क्षेत्रियता बादी चिन्तन र राजनीतिका कारण इतिहास बोकेको टरिगाँउ एयपोर्टको बिकास हुन नसकेको कुरा सत्य नै हो । त्यसैले यो एयरपोर्ट हरेक निर्वाचनहरुमा धेरैको चुनावी नारा बन्ने गरेको छ । टरिगाँउ एयरपोर्टको विकास गर्ने एजेण्डा प्रस्तुत गरेर धेरै नेताले निर्वाचन जितेका पनि छन् । तर, यो एयरपोर्टको विकासमा ती कसैले मन बचन कर्मले लागि परेको देखिएन । जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको केन्द्रमा पहुँच नपुगेको हो वा उनीहरुको रुचि नभएको हो ? त्यो कुरा ठूलो जन चासाको बिषय बनेको छ ।

बिक्रम संबत २०११ सालदेखि बिमान सेवा सुरु भएको यो एयरपोर्टमा पहिलो पटक तत्कालिन राजालाई आग्रह गरेर तुलसीपुरको भमके निवासी झग्गुप्रशाद सुबेदीले बिमान अवतरण गराएको अग्रजहरु बताउँछन् । टरिगाउँ एयरपोर्टमा घाँसे मैदान छँदै पञ्चायत कालभर नियमित उडान भएको थियो ।

२०४६ सालपछि बहुदल आएपछि पनि त्यसले निरन्तरता पायो । तर, तत्कालिन समयमा सशस्त्र माओबादी युद्ध चरम उत्सकर्षमा पुग्दै गर्दा केही बर्ष बिमानको नियमित उडान अवरुद्ध हुन पुगेको थियो । त्यसपछि पुन ः बिमान सेवा सुचारु हुँदै र त्यो फेरि रोकिदै आएको बिगत छ ।

रुकुमबाट प्रतिनिधित्व गर्ने तत्कालिन माओबादी नेता लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ एयरपोर्ट र रुकुमको चौरजहारी एयरपोर्ट कालो पत्रे गर्ने कार्य भयो । टरिगाँउ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे गरिएपछि यहाँ १८/१९ सिटे सानो बिमान मात्रै अबरतण गर्न सक्ने अवस्था छ ।

त्यसले गर्दा नेपालगञ्ज भन्दा झन्डै डेढ सय किलोमिटर पूर्व उत्तरको टरिगाँउ एयरपोर्टको भाडादर त्यहाँको भन्दा झन्डै दोब्बर बढी छ । अर्कौ तर्फ सानो बिमानको यात्रा ठूला बिमानको जस्तो सरल र सहज नहुने भन्दै धेरै यस क्षेत्रका यात्रुहरु नेपालगञ्ज वा भैरहवा बाट यात्रा गर्दै आएका छन् । दाङका कार्यक्रमहरुमा आउने नेता वा मन्त्रीहरु पनि अधिकाँस नेपालगञ्ज वा भैरहवा भएर गाडी मार्फत दाङ आउने गर्छन । यो रहर भन्दापनि बाध्यता हो ।

यही बाध्यता अन्त्य गर्न माग गर्दै तुलसीपुर क्षेत्रका उद्योगी ब्यापारीहरुले २०६२ सालदेखि हरेक सरकार प्रमुख, मन्त्री र हरेक दलका नेताहरुलाई टरिगाँउ एयरपोर्टको स्तर उन्नति र बिस्तारको माग गर्दै निरन्तर ज्ञापन पत्र बुझाउँदै आएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले आँफू अध्यक्ष हुँदा टिकटको जिम्मा लिएर समेत टरिगाँउ एयरपोर्टमा बिमल चलाएको बिगत छ ।

तर, यो बीचमा तयारी अवस्थाको हुँदा छँदाको यो एयरपोर्टको बिकास गर्नुभन्दा पनि बरु झन्डै १५ किलोमिटर पूर्वको घोराही १० नारायणपुरमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने अबधारणा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अगाडि सारे ।

त्यसमा माओबादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले पनि साथ दिए । शंकर पोखरेल तुलसीपुर १८ हाडीमेका स्थायी बासिन्दा भएपनि पछिल्लो समय उनी दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचन लडेर जितेपछि मुख्यमन्त्री भएका थिए । महरापनि सोही क्षेत्रका संघीय सांसद हुन । महराले आफ्नो क्षेत्रमा एयरपोर्ट लैजान खोज्नु अन्यथा मान्न नसकिएला तर तुलसीपुरका स्थायी बासिन्दा शंकरले तुलसीपुरमा बर्षौंदेखि अस्तित्वमा रहेको टरिगाँउ एयरपोर्टका बिरुद्ध षडेन्त्र गर्नु वा धावा बोल्नु गलत थियो भन्ने बुझाई आजपनि आम तुलसीपुर बासीको छ ।

यद्यपी उनीहरुले प्राबिधिक कारणले टरिगाँउ एयरपोर्टको थप बिस्तार संभव नभएको रेडिमेड र ओठे भाषणहरु गर्दै आएका छन् । तर, यहाँनेर शंकरले राजनीतिक रुपमा इगो पालेर बसेको राजनीतिक बृत्तमा आजपनि उत्तिकै चर्चा हुने गर्छ । खासमा अघिल्लो संविधान सभाको निर्वाचनमा आफ्नै गृहनगर समेत रहेको तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी संग पराजय भोगेपछि शंकरले यसक्षेत्रका जनतासंग राजनीतिक इगो साँचेको धेरैको बुझाई छ ।

त्यसअघि पनि एक पटक उनले यही क्षेत्रमा निर्वाचनमा पराजय बेहोरेको पीडा थियो । त्यसकारण पछिल्लो समय शंकर माओबादी संगको बाम गठवन्धन तयार गरि घोराही क्षेत्रबाट प्रदेश सभाको निर्वाचन लडेका थिए । त्यहाँका जनताले उनलाई बिजयी बनाएपछि शंकरले तुलसीपुर क्षेत्रका जनतालाई आफ्नो क्षमता र पावर देखाइ दिने भन्दै राजनीतिक इगो साँचेको हुनसक्छन् । त्यही भएर उनले हुँदा छँदाको तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको विकासमा त्यस्तो कुनै रुचि वा चासो नदिएको हुन सक्छन ।

तर, सत्ता र शक्ति स्थायी हुँदैन । संसदीय र दलिय राजनीतिमा सत्ता उलट पुलट भइरहन्छ । अहिले उनी सत्ताको बागडोर बाट बाहिरएका छन् ।

यतिखेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । रुकुमबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) अर्थमन्त्री छन् । शर्मा अर्थमन्त्री बनेपछि उत्साहित तुलसीपुर क्षेत्रका उद्योगी ब्यबसायी, नेताहरु साउन अन्तिमा फेरि रिजाल लगाएत यहाँका माओबादी नेताहरु समेत काठमाडौं पुगेर अर्थमन्त्रीलाई एयरपोर्टको बिस्तार र स्तरबृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाए ।

त्यसक्रममा पनि अर्थमन्त्री शर्माले टरिगाँउ एयरपोर्ट राजनीतिका कारण ओझेलमा परेको ज्ञापन पत्र बुझाउन गएकाहरुलाई स्पष्ट शब्दमा भनेको भिडियो फरककोण संग सुरक्षित छ । अर्थमन्त्रीले डेलिगेसन बुझाउन गएको टोलीलाई स्पष्ट भनेका छन् – ‘तपाँईहरु आउनु भन्दा पहिले टरिगाँउ एयरपोर्टको स्तर बृद्धिको लागि मैले सचिव र डिजीलाई काग अगाडि बढाउन भनि सकेको छु ।’

शर्माले आँफूले समेत टरिगाँउ एयरपोर्टको अबलोकन गरेको हुँदा तीनदेखि चारसय मिटर धावन मार्ग बिस्तार गर्न कुनै समस्या नरहेको र बिस्तारका क्रममा समस्या भए सघाउन समेत आग्रह गरेका छन् । सत्य हो । सल्यान,पश्चिम रोल्पा र रुकुम जस्ता पहाडी तथा हिमाली जिल्लाहरुको प्रबेशद्धार नै दाङको तुलसीपुर हो । तुलसीपुरको बिकास नभइ ती जिल्लाको बिकास संभव छैन । यतिखेर अर्थमन्त्री जनार्दन शर्माले (प्रभाकर)को सचिवालयले सरकारको तर्फबाट हालै ल्याएको प्रतिस्थापन बजेट मार्फत एयरपोर्ट बिस्तारको लागि झन्डै आधा अर्ब रुपैंया बजेट बिनियोजन गरिएको जानकारी दिएको छ ।

एयरपोर्टको सुद्रिढीकरण, टावर निर्माण र धावन मार्ग विस्तारका लागि उक्त बजेट बिनियोजन गरिएका कुरा सुन्दा मात्रै त्यसले एउटा आशाको सञ्चार गराएको छ । निराश जिल्लाबासीहरु धेरै उत्साहित बनेको प्रतिक्रियाहरु सामाजिक सञ्जालहरुमा ब्यक्त भइरहेका छन् । यस्ता आश्वासनहरु धेरै पटक धेरै नेता र मन्त्रीहरुबाट ब्यक्त नभएका होइनन् । तर, भने अनुसार फिटिक्कै काम भएको छैन ।

त्यसैले जबसम्म बजेट सुनिश्चितता स्वीकृत हुँदैन अर्थात जब सम्म काम सुरु हुँदैन तब सम्म बिश्वास गर्ने अबस्था रहँदैन ।
सबैले भोट ब्याङ्कको रुपमा नारा बनाउँदै आएको, क्षत्रियता र राजनीति गर्ने प्रमुख थलो बनेको टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार भए त्यो जिल्लोका बिकासको लागि कोषे ढुँगो साबित हुने धेरैको बुझाई छ ।

तर, के अर्थमन्त्रीले भने अनुरुप, बाँडेको आश्वासन अनुरुप, देखाएको सपना अनुरुप साँच्चि टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार होला त ? साँच्चि धावन मार्ग बिस्तार भइ यहाँपनि ठूला बिमानहरु अवतरण होलान त ? काठमाडौं जान आउन नेपालगञ्ज भन्दा आकर्षक रुट टरिगाँउ एयरपोर्ट बन्छ त ? भाडा दर सस्तो होला ? यस क्षेत्रका सर्वसाधारण अप्ठेरो पर्दा प्लेन चढ्न बाँके वा भैरहवा जानु पर्ने बाध्यता साँच्चिकै अन्त्य होला ? साँच्चि दैनिक दर्जनौं बिमानहरु दंगाली आँकाशमा ओहोर दोहोर गर्लान ? टरिगाँउ एयरपोर्टबाट बिभिन्न बिमान कम्पनीहरुले उडानहरु भर्न तछाड मछाड गर्लान ?

के साँच्चि शंकर पोखरेलले रोक्न खोजको टरिगाँउ एयरपोर्ट बिकास र बिस्तार जनार्दशन शर्माले अघि बढाउलान ? यो एउटा अत्यन्तै आम चासोको बिषय बनेको छ । साँच्चि अर्थमन्त्री शर्माले भने जस्तै गरि टरिगाँउ एयरपोर्ट बिस्तार गर्न ध्यान केन्द्रित गरे उनलाई यहाँका जनताले कहिलै भूल्ने छैनन् । कहिलै हार्ने छैनन् । त्यस्तै भएमा पक्कैपनि दाङको बिकासले अग्रगामी फड्को मार्ने छ । किाँचुली फेर्ने छ । दाङ मुलुककै प्रमुख पर्यटकीय गनतब्य बन्ने संभावना रहने छ । पाँच तारे होटेलहरु खुल्ने छन् । मेडिकल कलेजहरु खुल्ने छन् । राजधानीबाट मेजर अप्रेशनका दिन बिशेषज्ञ चिकित्सकहरु आएर उपचार गरि फेरि सोही दिन फेरि सहजै काठमाडौं फर्किन सक्ने वातावरणको सृजना हुने छ । त्यसपछि मात्रै दाङको परिचय एक सुबिधा सम्पन्न ठाउँको रुपमा दर्ज हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार