दाङमा गौरीफन्टा नाका हुदै आएका सबैको रिपोर्ट नेगेटिभ

दाङमा गौरीफन्टा नाका हुदै आएका सबैको रिपोर्ट नेगेटिभ

चैत २८ दाङ
दाङको बेलझुण्डीमा रहेको क्वरेण्टीनमा कोरोना भाइरसको आशंकामा भर्ना भएका २० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस अघि ८ जनाको नमुना परीक्षण गर्दा हिजो नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

कैलालीको गौरीफन्टा नाका भएर आएका सात जना सहित २० जनाको स्वाब परीक्षण गरिएको थियो । यो सँगै दाङमा ४० जना व्यक्तिमा कोरोना जाँच गरिएको सबैको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार