काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीस्थित हरिवन नगरका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
न्यौपानेलाई सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरेको केन्द्रीय कार्यालयले जनाएको छ।
उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए।

