कीर्तिपुर नगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई राहत दिने

कीर्तिपुर नगरपालिकाले डेरामा बसेका विद्यार्थीलाई राहत दिने

चैत २८ काठमाडौ
लकडाउनका कारण  दैनिक खाद्यान्न  सामानहरु खरिद गर्नलाई असहज भएपछि कीर्तिपुर नगरपालिकाले डेरामा बसिरहेका विद्यार्थीहरूलाई राहत दिने भएको छ।

आज नगरपालिकाले सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई अनलाइनबाट राहतका लागि फारम भर्न आग्रह गरेको हो।

विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने छ।  घर जान नपाएका र खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई पनि राहत दिन लागेको  मेयर रमेश महर्जनले बताउनु भयो ।

उहाँका अनुसार सकेसम्म भोलि र  पर्सिसम्म सबैले अनलाइनबाट फारम भर्नुहुन अनुरोध गरिएको छ ।  यस्तै नगरपालिकाले वेबसाइट  kirtipurmun.gov.np मा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार