बिरामीको उपचारमा खटिन अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टर लाई आह्वान

बिरामीको उपचारमा खटिन अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टर लाई आह्वान

चैत २८ काठमाण्डौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवामा अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना भाइरसको उपचारमा खटिन आह्वान गरेको छ ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले विपद्को यो घडीमा डाक्टर र स्वास्थ्यकर्मीको भूमिका मुख्य हुने भन्दै अवकाशप्राप्त र छात्रवृत्तिमा पढेकालाई बिरामीको उपचारमा खटिन आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कट्टी हुने हल्ला सत्य नरहेको बताउनुभयो ।

साथै उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कटौती गर्ने कुनै निर्णय नभएको बताउनु भएको छ । यस अघि मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार