राप्तीसोनारी गाउँपालिका द्धारा ७४ शैयाको क्वारेन्टाइन निमार्ण

राप्तीसोनारी गाउँपालिका द्धारा ७४ शैयाको क्वारेन्टाइन निमार्ण

खडक खत्री बाँके
राप्तीसोेनारी गाउँपालिकाले कोरोना भाईरस कोभिड १९ को लागि पाँच स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।
कोरोनाको सहज चेकजाँच र स्वास्थ्य परीक्षणका लागि सहज गराउने उद्वेश्यले राप्तीसोनारीका पेरानी ,मदुई, खैरेनी ,बिनौना र फत्तेपुर स्थानमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

राप्तीसोनारी ८ शिवशक्ति मा.वि. मा १५ शैया, वडा नं.२ लक्ष्मी मा.वि.मा १५ शैया , वडा नं. ३ सामुदायिक आश्रय भवनमा १५ शैया , वडा नं. ५ भवुरभवानी मा.वि. मा १५ शैया र वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय मा.वि.मा १४ शैयाको क्वारेन्टाइन निर्माण भएको हो ।

गाउँपालिकामा कोरोना भाईरस कोभिड १९ को लागि जम्मा ७४ शैयाको क्वारेन्टाइन निर्माण भएको गाउँपालिका अध्क्षय लाहुराम थारुले बताउनु भयो।  यस्तै पाँच स्थानमा क्वारेन्टाइन निर्माण भएपछि कोरोना परीक्षण र उपचारमा सहज भएको अध्क्षय थारुले जानकारी दिनुभयो। अहिले तीन स्थानमा विदेश र भारतबाट आएका नागरिकले क्वारेन्टाइन बसेका छन।

सम्भावित संक्रमणलाई ध्यानमा राखेर तत्काल ७४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको उपाध्क्षय धनी कुमारी खत्रीले जानकारी दिनुभएको छ । क्वारेन्टाइनमा झुल, खानेपानी, साबुन, निर्धा्िरत मापदण्ड अनुसार खाजा नास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको ब्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले बताउनु भयो ।

कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले लागू गरेको लकडाउन का कारण, अतिबिपन्न परिवार, ज्याला मजदुरी वर्ग तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्र्तगत् यथाशिघ्र राहत सामग्री उपलब्ध गराउन तयारी भएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार