पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मुसिकोटमा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मुसिकोटमा मसाल जुलुस

मुसिकोट । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले मुसिकोटमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ मुसीकोटको बागबजार देखि त्रिवेणि चोकसम्म विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरूले पेट्रोलियम ‘पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर’, ‘महंगी नियन्त्रण गर’जस्ता नारा लगाएका थिए।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पार्टिको केन्द्रीय कार्यक्रम अनुसार मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम प्रशान्त बोहराले जानकारी दिनुभयो ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

भिडियो :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार