भैरहवामा कांग्रेसको मतगणनास्थलमा झडप

भैरहवामा कांग्रेसको मतगणनास्थलमा झडप

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो।

देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो। मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो।

श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको बताइएको छ । पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए। ‘अरू चार जनालाई पनि चोट लागेको छ, तर पन्तको नाकबाट रगत बग्न नरोकिएपछि भीम अस्पताल भैरहवाबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईएको छ,’ उनले भने।

मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको श्रेष्ठले आरोप लगाए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार