१८ वर्षीया रक्षा कांग्रेस प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन

१८ वर्षीया रक्षा कांग्रेस प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन

नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन हुनुभएको छ । मोरङ क्षेत्र नम्बर ६ ख बाट १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चयन हुनुभएको हो ।

प्रतिनिधि चयन भएपछि रक्षाले अब सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिनुभएको छ । यस क्षेत्रबाट रक्षा मात्र सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको हो ।

अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच भने निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार