माओवादी केन्द्र मुसिकोट १३ को अध्यक्षमा खड्का चयन

माओवादी केन्द्र मुसिकोट १३ को अध्यक्षमा खड्का चयन

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा खल बहादुर खड्का सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार मुसिकोट नगरपालिकाको चौतारामा सम्पन्न दोस्रो वडा सम्मेलनबाट खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ ।

वडा कमिटिको उपाध्यक्षमा डिल्ली बहादुर रोका, सचिवमा चन्द्र बहादुर कामी, सह-सचिवमा भिमान्त रोका र कोषाध्यक्षमा ललिता सिर्पाली चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

यस्तै वडा सम्मेलनबाट २२ जना प्रतिनिधि चयन गरिएको छ । वडा सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य  गोबिन्द रोका (सचिन), नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य मिलन खड्का, मुसिकोट नगरपालिका वडा नम्बर १३  का वडा अध्यक्ष दिपक केसी लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार