साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : वरिष्ठ नेता पौडेल

साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन सार्थक संवाद सुरु भएको बताएका छन् ।

महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग शनिबार भएको छलफल सकरात्मक रहेको भन्दै नेता पौडेलले साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । ‘आज बल्ल संवाद सुरु भएको छ । यो छलफल निरन्तर रहन्छ । हामीमध्येबाट एकजना साझा उम्मेदवार बन्ने वातावरण बन्दैछ’, पौडेलले नेपाल प्रेससँग भने ।

विराटनगरमा भएकाले सभापतिका अर्का प्रत्याशी डा.शेखर कोइराला भने बैठकमा उपस्थित थिएनन् । आजको बैठकमा पौडेल, सिंह र कोइरालाले आ-आफ्नै दावेदारी दोहार्याएका थिए । वरिष्ठ नेता पौडेलले पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न, नेतृत्व परिवर्तन गर्न र कांग्रेसलाई बलियो बनाउन सहकार्यको विकल्प नरहेकोमा एकमत रहेको बताए । नेपाल प्रेस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार