माओवादी केन्द्रका पूर्व सचिब काँग्रेसमा प्रवेश

माओवादी केन्द्रका पूर्व सचिब काँग्रेसमा प्रवेश

नवप्रवेशि अतिराम ओली नेपाली काँग्रेसको साधारण सदस्यतामा हस्ताक्षर गर्दै ।

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र  रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा सचिब अतिराम ओली नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। २०५२ साल देखि माओवादी पार्टिमा लागेका ओलीलाई शनिबार नेपाली कांग्रेस त्रिबेणी गाउँपालिका वडा नम्बर ३ का वडा सभापति भिम बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको हो ।

उहाँलाई आजै नेपाली काँग्रेसको साधरण सदस्यता प्रदान गरिएको वडा सभापति भिम बहादुर खड्काले जानकारी दिनुभयो । नवप्रबेशी ओलीले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छोडेको बताउनु भयो।

सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपा माओवादी केन्द्रमा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उहाँको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार