आज नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ अधिवेशन भव्य हुदै

आज नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ अधिवेशन भव्य हुदै

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको आज जिल्ला सदरमुकाम मुसिकोटमा सातौ जिल्ला अधिवेशन हुदैछ । अधिवेशनको तयारी पुरा भएको काँग्रेस रुकुम पश्चिमले जनाएको छ । आजै जिल्ला अधिवेशनका साथै प्रदेश सभा निर्वाचन क्षेत्रको समेत अधिवेशन हुने नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो ।

अधिवेशनबाट आउने नयाँ नेतृत्वको लागि सहमति नजिक पुगिएको बताईएको छ । सहमतिबाटै नेतृत्व छनौट गर्ने तयारीमा रहेको सभापति ओलीले बताउनुभयो । जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि समेतको लागि अहिले पनि छलफल जारी राखिएको छ ।

आज उद्घाटन सत्रको लागि बराहटाकुरामा भव्य कार्यक्रम स्थल बनाईएको छ । ११ बजे बराहटाकुरामा कार्यक्रम उद्घाटन सत्र राखिएको छ । जिल्लाका ७३ ओटै वडाबाट काँग्रेसका कार्यकर्ताहरु अधिवेशनको लागि आउनेछन् । यसका साथै १ हजार २ सय ४४ क्षेत्रिय प्रतिनिधिहरुको अनिवार्य सहभागिता रहने सभापति ओलीले बताउनुभयो । उद्घाटन सत्रमा प्रतिबेदनहरु समेत पेश हुनेछन् भने त्य लगत्तै बन्दसत्रको कार्यक्रम सुरु हुने ओलीले जनाउनुभयो ।

यस पटक रुकुम पश्चिममा पार्टी सभापतिको लागि वर्तमान सभापति प्रेम प्रकाश ओली र नेता कृष्णबहादुर रोकायको आकांक्षा रहेतापनि सहमतिबाटै नयाँ नेतृत्व बनाउन नेताहरु लागि परेका छन् । वर्तमान सभापति ओलिकै नेतृत्वमा सहमति मार्फत नयाँ नेतृत्व आउने सम्भावना रहेको छ ।

अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कार्यसमिति, २५ जना महाधिवेशन प्रतिनिधि र ३४ जना प्रदेश प्रतिनिधिहरु छनौट हुनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार