भण्डारी कान्तिपुरको संवाददाता हुदै पार्टीको जिल्ला सचिव सम्म !

भण्डारी कान्तिपुरको संवाददाता हुदै पार्टीको जिल्ला सचिव सम्म !

नेपाली काँग्रेस रुकुम पश्चिमले आज नयाँ कार्य समिति पाएको छ । काँग्रेसको सातौ जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला समिति घोषणा गरिएको छ ।

आज बिहिबार सार्वजनिक गरिएको नतिजा अनुसार पार्टीको जिल्ला सचिव पदमा निर्विरोध निर्वाचित परमेश्वर भण्डारी पूर्व पत्रकार पनि हुनुहुन्छ । उहाँले वि.सं. २०५५ सालमा कान्तिपुर दैनिकको जिल्ला संवाददाताको रुपमा काम गर्नुभएको थियो ।

उहाँको सामाजिक गतिबिधिमा क्रियाशिलता, राजनीतिक गाथा, संघर्ष र लगनशिलताले उहाँलाई सर्वसम्मत सचिवमा ल्याईपुर्याएको हो ।

२०३३ सालमा जन्मिनुभएका भण्डारी २०४८ सालमा शितल उच्च मावि चौरजहारीमा गठित नेपाल बिद्यार्थी संघको अध्यक्ष हुनुभएको थियो । २०५० सालमा नेपाल बिद्यार्थी संघको जिल्ला सभापति हुनुभएका भण्डारी २०५३ सालमा स्वतन्त्र बिद्यार्थी युनियन मुसिकोट बहुमुखि क्याम्पसको सभापति भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

२०५५ सालमा कान्तिपुर दैनिकमा जिल्ला संवाददाताको रुपमा कार्य गर्नुभएका उहाँले राजनीतिक यात्रालाई प्राथमिकता दिएर पत्रकारिता छोड्नु भएको हो । उहाँले २०५५ सालमा नेपाल बिद्यार्थी संघको जिल्ला अध्यक्ष भएर कार्य गर्नुभएको थियो ।

उहाँसँग २०५८ सालमा शान्ति समाजको जिल्ला सचिव भएर कार्य गरेको समेत अनुभव रहेको छ । २०६५ सालमा बि.पि. चिन्तन प्रतिष्ठानको केन्द्रिय सदस्यको जिम्मेवारी निभाउनुभएका भण्डारी २०६८ सालमा रुकुम उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत हुनुभएको हो । २०७२ साल वाणिज्य संघको अध्यक्षका प्रत्यासी समेत रहनुभएको थियो ।
भण्डारी २०६८ सालदेखि हालसम्म हाम्रो बचत तथा सहकारी सस्थाको सचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । २०७२ सालमा नेपाली काँग्रेस चौरजहारी नगरसमितिको नगर सभापति हुनुभएका भण्डारी अहिले नेपाली काँग्रेसको जिल्ला सचिवको रुपमा स्थापित हुनुभएको छ ।

राजनीति शास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका भण्डारीले पत्रकारिता, सामाजिक, व्यवसायीक र राजनीतिक जीवनका अनुभवहरुबाट समाजिक रुपान्तरण गर्न सक्ने योजना मुताविक यस जिम्मेवारीमा आएको बताउनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार