मोटरसाईकल दुर्घटनामा परी व्यवसायी केसीको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी व्यवसायी केसीको मृत्यु

मुसिकोट । मोटरसाइकल दुर्घटनामा परी रुकुम पश्चिममा एक व्यवसायीको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १४ मुलागैरामा भएको मोटरसाईकल दुर्घटनामा परी सोहि वडाका ४० वर्षिय भिमबहादुर केसीको मृत्यु भएको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिम बहादुर बिष्टका अनुसार शुक्रबार रातीनै केसीको घटनास्थलमै मृत्यु भएको हो ।

रा ५ प ४३४६ नम्बरको मोटरसाईकलमा सवार केसीलाई राती ९ बजे सडकबाट करिब ५ मिटर तल स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । केसीको घाँटीमा मोटरसाईकलले च्यापेको अवस्थामा फेला परेको थियो ।

वडा अध्यक्ष बिष्टका अनुसार सानीभेरी गाउँपालिका ११ बाघखोरमा व्यवशाय गर्दै आउनुभएका केसी दोपाई बाट पसल तर्फ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । मृतक केसीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार