माओवादी केन्द्र मुसिकोटको अध्यक्षमा धिरण सिर्पाली

माओवादी केन्द्र मुसिकोटको अध्यक्षमा धिरण सिर्पाली

मुसिकोट । शुक्रबार उ्द्घाटन गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको दोस्रो नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट सर्वसम्मत धिरन सिर्पालीको अध्यक्षतामा ६५ सदस्य नगर समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा बुद्धि प्रसाद बुढा, निर्मल कुमार पुन र दलबहादुर खड्का, सचिव सुशील गौतम, सह-सचिव नवीन ओली र कोषाध्यक्षमा जोखीमाया कठायत रहनु भएको छ ।

यस्तै सम्मेलनबाट प्रदेश सम्मेलनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको नवनिर्वाचित अध्यक्ष धिरन सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार  नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्मा लगायतका नेताहरुको उपस्थितिमा नगर कमिटिको औपचारिक रुपमा घोषणा गरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार