सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

त्रिवेणी गाउँपालिकामा अध्यक्ष गणेश बहादुर खड्का र सानीभेरी गाउँपालिका अध्यक्ष भुपालसिंह ओली ।

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका थप दुई स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको पालिका स्तरिय नयाँ कमिटि चयन भएको हो ।

शनिबार नै नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाको नयाँ नेतृत्व चयन भएको छ । सम्मेलनबाट भुपालसिंह ओलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको बताईएको छ ।

गाउँ कमिटीको उपाध्यक्षमा मोतिराम रोका, सर्वजित घर्ती मगर र धर्म पुन मगर, सचिवमा टेकबहादुर पुन र सहसचिवमा सरस्वती बि।क। र कोषाध्यक्षमा ईन्द्रा ओली चयन हुनुभएको छ ।

यस्तै जिल्लाको त्रिवेणी गाउँपालिकामा गणेश बहादुर खड्काको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटि चयन गरिएको छ । जसको उपाध्यक्षमा सुन्दर ओली, कर्णबहादुर खड्का र टेकबहादुर ओली हुनुहुन्छ भने सचिवमा चन्द्रबहादुर खड्का चयन हुनुभएको छ ।

कमिटिको सह सचिवमा जनक कुमार बिश्वकर्मा र कोषाध्यक्षमा निर्मला बिष्ट खड्का चयन हुनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार