चौरजहारी र आठबिसकोटमा सहमतिमै माओवादी केन्द्रको नेतृत्व चयन

चौरजहारी र आठबिसकोटमा सहमतिमै माओवादी केन्द्रको नेतृत्व चयन

क्रमस रबि केसी र श्रीकृष्ण शर्मा

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन भएको छ । दोश्रो नगर सम्मेलनबाट दुबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताईएको छ ।

मंसिर १० गते उद्घाटन भएर ४ दिन सम्म चलेको बहस छलफलबाट चौरजहारीमा श्रीकृष्ण शर्माको अध्यक्षतामा ६५ सदस्यीय कमिति चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा सुदास स्वर्णकार, खुम बहादुर खड्का र सपना बिष्ट कार्कि चयन हुनुभएको छ । त्यसैगरी सचिवमा बिर बहादुर राना, सह सचिवमा लाल बहादुर कटवाल र कोषाध्यक्षमा अमर केसि चयन हुनुभएको छ ।

त्यसैगरी मंसिर ११ गते उद्घाटन भएर चलेको आठबिसकोट नगर समितिको दोस्रो नगर सम्मेलनबाट रबि केसीको अध्यक्षतामा नयाँ कमिटि बनाईएको छ ।

६५ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा डिल्ली चनेल (उत्तम), प्रेमा शाही र मान बहादुर चदारा चयन हुनुभएको छ । त्यसैगरी सचिवमा गोर्खे कामि (गम्भीर), सह सचिवमा देब बहादुर घर्ति र कोषाध्यक्षमा गीता नेपाली चयन हुनुभएको बताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार