मुसिकोटमा ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

मुसिकोटमा ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

मुसिकोट । चिसो बढेसँगै रुकुम पश्चिममा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिकाले आफनो १४ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गर्न सुरु गरेको हो ।

नगरपालिकाभरि रहेका ६० बर्ष माथिका दलित र ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट)  वितरण सुरु गरिएको हो । सोमबार नगरपालिकाको सेरीगाउँ, साँख, चौतारा, चाँपा र सोलाबाङमा पुगेर नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ज्याकेट) बितरण गरिएको हो ।

एस.पि.सी. क्यानडाको सहयोगमा मुसिकोट नगरपालिका र नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमका अनुसार जाडो बढेसँगै जेष्ठ नागरिकलाई थोरै भएपनि राहात होस् भन्ने न्यानो कपडा (ज्याकेट) उपलब्ध गराईएको हो । सोमबार नगर प्रमुख देविलाल गौतमको नेतृत्वमा खटिएको टिमले टोल टोलमा गएर जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

चिसोबाट प्रभावित विपद् तथा जोखिममा रहेका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर न्यानो कपडा वितरण गरिएको नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्माले बताउनुभयो ।

एक हजार ५ सय भन्दा बढि जेष्ठ नागरिकहरु रहेको मुसिकोट नगरपालिकामा सोमबारसम्म ६ सय ५३ जनालाई वितरण गरिएको छ भने बाँकी उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई यसै हप्ताभित्र नगरपालिका अन्तरगतका वडा कार्यालयबाटै बितरण गरिने बताईएको छ ।

आफूहरुले यसरी न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । मुसिकोट नगरपालिका –१३ चौताराकी ७४ वर्षीय भ्यान्टे केसीले नि:शुल्क ज्याकेट पाएकोमा खुसी हुनुभएको छ । उहाँले भन्नुभयो, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’

न्यानो कपडा वितरण टोलीमा नगरपालिकाका उप-प्रमुख प्रेम कुमारी सुनार, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष शुसिल गौतम, वडा नम्बर ४ का अध्यक्ष निर्मल कुमार पुन, वडा नम्बर ७ का अध्यक्ष हिमबहादुर पाण्डे, वडा नम्बर १३ का अध्यक्ष दिपक केसी, वडा नम्बर १४ का अध्यक्ष भिमबहादुर बिष्ट, महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख भावना शाह, सहायक पाँचौं कमला मल्ल, नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्मा, कार्यकारी प्रमुख रोमी केसी, संयोजक रुबेन शर्मा, लेखा अधिकृत पवन चापागाई, स्थानीय परिचालक सूर्य शर्मा, एस.पि.सी. क्यानाडाका प्रतिनीधि क्याथरिन ज्याक, नेपाल पत्रकार महासँघ रुकुमका अध्यक्ष लक्ष्मण केसी र रेडियो सानीभेरीका प्रतिनीधि परिचन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार