कमल शाहले कांग्रेस कर्णाली प्रदेश सदस्यमा उम्मेदवारी दिने

कमल शाहले कांग्रेस कर्णाली प्रदेश सदस्यमा उम्मेदवारी दिने

सुर्खेत । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश सदस्य पदमा रुकुम पश्चिमका कमल कुमार शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कांग्रेसको सुदृढीकरण, शुद्धीकरण र संघीयता कार्यान्वयनका लागि प्रदेश सदस्य पदमा बसेर काम गर्न भन्दै उजेली न्यूज सँगको कुराकानीमा उहाँले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

उहाँ नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश सभा (क) बाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको थियो ।

मिलनशार स्वभावका शाह सबै कार्यकर्ता माझमा भिज्न सक्ने र सरल शैलीका हुनुहुन्छ । उहाँ लामो समय देखि पार्टीमा सक्रियतापूर्वक जिम्मेवारी निभाउँदै आउनुभएको छ । यसअघि उहाँ नेपाली कांग्रेसको आठबीसकोट नगरपालिकाको नगर सभापति हुनुहुन्थ्यो ।

‘राजनीतिमा निरन्तरता, योगदान र क्षमताको मापनलाई आधार मान्ने हो भने म प्रदेश सदस्य पदका लागि योग्य छु जस्तो लाग्छ । धेरै शुभेच्छुकहरुले पनि हौसला दिइरहनु भएको छ,’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलिदेखि कर्णाली प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचन तालिका अनुसार प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।

त्यस्तै मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार