कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्र पौडेल समूहद्वारा बहिस्कार

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्र पौडेल समूहद्वारा बहिस्कार

सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनकाे उद्घाटनसत्र पौडेल पक्षले बहिस्कार गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटनसत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो ।

केन्द्रीय सदस्य हृदयराम थानीलगायतलाई निमन्त्रण समेत नभएपछि समारोह बहिस्कार गरिएको हो ।

संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो । ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन,’ पौडेल समूहका एक नेताले भने, ‘खबर नभएपछि हामी अनुपस्थित भएका हौं ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार