रुकुममा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, एक जना घाईते

रुकुममा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, एक जना घाईते

आठबिसकोट । रुकुम पश्चिमकाे आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते हुनुभएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नं. ७ औल नजिक ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक गोपाल बिकको मृत्यु भएको हो ।

दुर्घटनामा परेर चालक बिककी श्रीमती सपना बिक घाईते हुनुभएको छ । घाईते बिकको आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

बिहिबार राती औलबाट आठबिसकोटको राडि बजार आउन लागेको १० बजे रा १ प ४४१२ नं. को ट्याक्टर दुर्घटना भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार