कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू

कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू

नेपाली कांग्रेस सुदूरपश्चिमकाे प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएकाे छ । शनिबार बिहान ८ बजेदेखि मतदानकाे कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलाे गरी मतदान शुरू भएकाे निर्वाचन समितिले जनाएको छ ।

धनगढीस्थीत निर्माण व्यवसायी समितिकाे हलमा शुरू भएकाे मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ ।

८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेकाे छ । ती पदका लागि पूर्व भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलबाट एक सय ७९ जनाकाे उम्मेदवारी परेकाे छ भने भूगाेलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार