सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फरेन्स , राहत प्याकेजको वितरण मिलाउन निर्देशन

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फरेन्स , राहत प्याकेजको वितरण मिलाउन निर्देशन

चैत २९ काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्नुभएको छ। उहाँले सिंहदरबारबाट यस्तो भिडियो कन्फरेन्स गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवायलका अनुसार प्रधानमन्त्रीले कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको बताएको छ ।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए।

यस्तै प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार