कोरोना भाइरसको महामारीबीच दक्षिण कोरियामा चुनाव

कोरोना भाइरसको महामारीबीच दक्षिण कोरियामा चुनाव

एजेन्सी

कोरोना भाइरसको महामारीबीच नै दक्षिण कोरियाले संसदीय निर्वाचन सुरू गरेको छ।  क्वारेन्टाइनमा राखिएका चार सय चालिसभन्दा बढी कोरोना संक्रमित नागरिकले शुक्रबार संसदिय चुनावका लागि मत हालेका छन्।

कोरियामा अर्को साता आमनिर्वाचन हुँदैछ।  सियोलका अधिकारीहरूले कोरोना भाइरसको मध्यम लक्षण देखाएका बिरामीका लागि देशभर मतदानका लागि आठ वटा क्वारेन्टाइन सुविधाको मतदान केन्द्रहरू स्थापना गरेको जनाएका छन्।

दक्षिणी शहर जिओन्जुमा बिरामीहरुलाई मास्क र डिस्पोजेबल प्लास्टिकको कोट लगाएर कम्तिमा एक मिटरको दुरीमा लाम लगाएर मत हाल्न लगाइएको थियो। उनीहरुलाई हात धुन लगाइ स्यानिटाइजर लगाएर प्लास्टिकको पन्जा लगाउन लगाइएको थियो।

स्वास्थ्य कर्मचारीहरुले पनि त्यसैगरी भोट खसालेका थिए।  मतदान केन्द्रका अधिकारीहरुले चस्मा सहितको सुरक्षात्मक पहिरन लगाएका थिए।

दक्षिण कोरियाका उप–स्वास्थमन्त्री किम ग्याङलिपका अनुसार स्वःएकान्तबास बसेका र घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएका नागरिकले समेत बुधबार निर्धारित विशेष समयमा मतदान गर्न पाउनेछन्।  दक्षिण कोरिया चीनपछि कोरोना संक्रमण देखिएको सुरुवाती मुलुक मध्येको एक हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार