दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय

दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय

तस्बिर: यूपी लामिछाने

काठमाडौँ । नेपाली कांग्रेस सभापतिका उमेदवार प्रकाशमान सिंहले सभापतिका अर्का प्रत्यासी शेरबहादुर देउवालाई समर्थन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेता देउवाले सिंहलाई चाक्सीबारीमै भेटेर आफ्नो पक्षमा समर्थन जुटाएका थिए ।

“प्रकाशमानजी र सुजाताजीले जुन सदासयता देखाउनुभयो, मैले दिएको बचन पूरा गर्नेछु,” देउवाले भने, “हामी पहिलेका साथी पनि हौँ ।”

नेता सिंहले देशभरका साथीहरुले पनि देउवालाई नै बढी मत दिएको हुँदा आफूले पनि समर्थन गरेको बताए । “नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर माग गरेर महाधिवेशनमा भाग लिएका हौँ ।

देशभरिकै महाधिवेशन प्रतिनिधिको बहुमतमा देउवालाई नै अघि बढाउन खोजेको देखिएको हुँदा हामीले पनि समर्थन गर्‍यौँ,” उनले भने, “उहाँले पार्टीलाई विधिमा चलाउँछु भन्नुभएको छ ।”

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार