दोस्रो चरणको मतदान सकियो, ४५६२ जनाले गरे मतदान

कांग्रेसको १४ औँ महाधिवेशन

दोस्रो चरणको मतदान सकियो, ४५६२ जनाले गरे मतदान

कांग्रेसको १४ औँ महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ ।

दिउँसो साढे ३ बजेदेखि शुरु भएको भएको मतदान साढे ९ बजे सकिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदको दोस्रो चरणको मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।

मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना शुरु गरिने समितिले जनाएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार