चैत २९ काठमाडौँ
स्थानीय वायुको प्रभावले शनिबार साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार यस प्रणालीको प्रभावले शनिबार उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
उक्त मौसमी प्रणालीको असर शनिबार रातिसम्म मात्र कायम रहने जनाएको छ। प्रिमनसुनको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ। रासस


 
					
							 
			 
                             
                             
                             
                             
                            