कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना भोलि बिहान ८ बजेदेखि

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना भोलि बिहान ८ बजेदेखि

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन्। विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

अहिले उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार