राप्तीसोनारी गाउँपालिकाले भन्यो अवस्था हेरेर घरमै राहत पुर्याउने ब्यवस्था हुन्छ

राप्तीसोनारी गाउँपालिकाले भन्यो अवस्था हेरेर घरमै राहत पुर्याउने ब्यवस्था हुन्छ

खड्क खत्री – बाँके
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि शनिबारबाट राहत वितरण सुरु गरेको छ ।  गाउँपालिकाले वडा नम्बर २ बाट राहत वितरण सुरु गरेको छ ।

शनिवार वडा नम्बर १ देखि ९ वटै वडामा राहत सामाग्री पठाउने सुरु गरेको छ । गाउँपालिकाले अति विपन्न ज्याला मजदुरी वर्ग तथा असाह गरी करिव ४ हजार परिवारको तथ्यांक संकलन गरेको थियो ।
गाउँपालिकाले बिशेष गरेर दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई प्याकेजसहित राहत वितरण सुरु गरिएको राप्तीसोनारी गाउँपालिका अध्क्षय लाहुराम थारुले बताउनु भयो ।

गाउँपालिका ९ वटै वडाबाट चार हजार बढि तथ्यांक आएको छ, सोही तथ्यांक अनुसार प्रत्येक वडाबाट राहत वितरण गरिने अध्क्षय थारुले  बताउनु भयो ।  यस्तै लकडाउनको अवस्थामा ’ दैनिक ज्याला मजदुरी गर्ने परिवारले ‘खान नपाएको’ भनि वडाका जनप्रतिनिधीलाई फोन गर्ने वित्तिकै घरमै गएर राहत सामाग्री पुर्याउने ब्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो हामी कहाँ कसैले खाना खाए पाएन, भोकै बसेको छु, मेरो चुलो बलेन भनेर फोन गर्यो भने घरमै राहत उपलब्ध हुने गरी प्याकेज पुर्याउने ब्यवस्था मिलाइएको छ ।

एक जनाको परिवारलाई चार किलो, चार जना सम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल वितरण गरिने बताएको छ । लामो समयदेखी लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा राहतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै क्विक रेस्पोन्स टिममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरु, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधि रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार