नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यहरुले पाए निर्वाचित प्रमाणपत्र

नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यहरुले पाए निर्वाचित प्रमाणपत्र

फाइल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो क्रममा निर्वाचन समितिका सदस्यहरुले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार