८ सय दलित बालबालिकालाई १० हजार सहयोग

८ सय दलित बालबालिकालाई १० हजार सहयोग

चौरजहारी नगरपालिका

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई १० हजार रुपैयाँ नगद सहयोग गरेको छ । नगरपालिकाले सामाजिक सुरक्षा पाईरहेक ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई १० हजार रुपैंया नगद सहयोग गरेको हो ।

यूनिसेफ नेपालको आर्थिक सहयोगमा नगरपालिकाले १४ वटै वडाका ८ सय बालबालिकालाई प्रोत्साहन स्वरुप नगद वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाजंग ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौष ७ गतेबाट सोमबारसम्म नगर भरका ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई नगद सहयोग गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार