लक्ष्मी माविका बिद्यार्थी निशुल्क पोशाक वितरण

लक्ष्मी माविका बिद्यार्थी निशुल्क पोशाक वितरण

मुसिकोट । चिसो बढेपछि रुकुम पश्चिमको एक बिद्यालयले बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई निशुल्क पोशाक उपलब्ध गराएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय कैलदेउले बिद्यार्थीहरुलाई निशुल्क रुपमा खेलकुद पोशाक बितरण गरेको छ ।

बिद्यालयको आन्तरिक श्रोतबाट खेलकुद पोशाक खरिद गरि बिद्यालयमा अध्ययनरत सबै वालवालिकालाई निशुल्क रुपमा बितरण गरिएको प्रधानाध्यापक दल बहादुर रेउलेले जानकारी दिनुभयो । बिद्यार्थीरुलाई खेलुकद प्रति आकर्षकण गर्न र चिसोबाट जोगाउन बिद्यालयले पोशाक उपलब्ध गराएको प्रधानाध्यापक रेउलेले बताउनुभयो ।

कक्षा एक देखि १० सम्म दुई सय २३ जना बिद्यार्थीलाई खेलकुद पोशाक बितरण गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयको २ लाख ५० हजार रकमबाट खेलकुद पोशाक खरिद गरिएको हो ।

सोमबार मुसिकोट नगरपालिका अन्तरगत सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच आज पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा वडा नम्बर १ का कार्यबाहक अध्यक्ष टेक बहादुर बिसी, शिक्षक अभिभावक संघका पदाधीकारीहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधीकारीहरुको आतिथ्यता रहेको थियो ।

शिक्षक खिम बहादुर खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक गोपाल थापाले गर्नु भएको थियो । वडा नम्बर १ का सदस्य एबं बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टिकाराम बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक दलबहादुर रेउलेले कार्यक्रमको लक्ष्य उद्देश्य सहितको जानकारी गराउनु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार