अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ

अश्लील शीर्षक राखेको अभियोगमा युटुवर पक्राउ

काठमाडौं । युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन्। आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार