वीरगन्जको क्वारेन्टाइनमा रहेका भारतीयमाथि नेपाली सेनाको निगरानी

वीरगन्जको क्वारेन्टाइनमा रहेका भारतीयमाथि नेपाली सेनाको निगरानी

चैत ३० काठमाडौ

वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ।  पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ  माविमा सेनालाई पठाइएको बताए।

‘अहिले त्यहाँ सेनाले पनि निगरानी गरिरहेको छ,’ उनले भने। पर्सा प्रशासनले शुक्रबार र शनिबार छपकैया र घुसुकपुरका मस्जिदमा बसेका भारतीयहरूलाई क्वारेन्टाइनमा पठाएको थियो।

यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो।   तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार