रूकुममा विपि स्मृति भवनका लागि कर्णाली प्रदेश सरकारद्वारा ४० लाख विनियोजन

रूकुममा विपि स्मृति भवनका लागि कर्णाली प्रदेश सरकारद्वारा ४० लाख विनियोजन

मुख्यमन्त्री शाहीसँगको भेटघाटको क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली र कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय

मुसिकाेट । कर्णाली प्रदेश सरकारले रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नं १ खलंगामा निर्माणाधीन विपि स्मृति भवन निर्माणका लागि ४० लाख रूपैयाँ विनियाेजन गरेकाे छ ।

कर्णाली प्रदेश सरकारले यसअघि १५ लाख र पछि २५ लाख रूपैयाँ गरेर निर्माणाधीन कुल ४० लाख रूपैयाँ बजेट विनियोजन गरेकाे हाे । साे बजेटले चालू आर्थिक वर्ष भित्र भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ ।

आफूहरूकाे निरन्तर पहलमा प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले जानकारी दिनुभयाे । “हाम्राे आग्रहलाई स्वीकार गरेर विपि काेइराला स्मृति भवनका लागि बजेट विनियोजन गरिदिनुभएकाेमा प्रदेश सरकार र मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हामी विशेष धन्यवाद ज्ञापन गर्दछाैं” नेपालीले भन्नुभयाे ।

यसैबीच काङ्ग्रेस केन्द्रीय सदस्य नेपाली र प्रदेश महामन्त्री कृष्णबहादुर राेकायसँगकाे भेटमा मुख्यमन्त्री शाहीले भवन निर्माणमा हाल सम्म भएकाे प्रगति विवरणकाे बारेमा चासाे व्यक्त गर्नुभएकाे थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार