रुकुम पूर्वबाट राप्रपा केन्द्रीय सदस्यमा मदन शाह मनोनित

रुकुम पूर्वबाट राप्रपा केन्द्रीय सदस्यमा मदन शाह मनोनित

रुकुमकाेट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वका युवा नेता केशवचन्द्र समाल (मदन शाह) पार्टीकाे केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित हुनुभएको छ । पहिलो पटक शाह रुकुम पूर्वबाट केन्द्रीय सदस्य हुनुभएको हाे । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँसँगै ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको हो ।

लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित लगायतलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको बताईएको छ ।
राप्रपाको विधानमा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ ।
मनोनित केन्द्रिय सदस्यहरुको सूची:

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार