डिउटीमा रहेको बेला पेट दुखेपछि अस्पताल भर्ना भएका प्रहरी हवल्दारको निधन

डिउटीमा रहेको बेला पेट दुखेपछि अस्पताल भर्ना भएका प्रहरी हवल्दारको निधन

मुसीकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम अन्तरगतको, अस्थायी ट्राफिक प्रहरी पोष्ट झुल्नेटामा कार्यरत ३७ वर्षका प्रहरी हवल्दार रामजी खत्रीको निधन भएको छ ।

पुस २३ गते डिउटीमा रहेको बेला एक्कासी पेट दुखेपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । एक जना प्रहरी जवानको साथमा परिवारसँगै तत्काल राति नै उपचारका लागि नेपालञ्ज पु¥याएको प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक शर्माका अनुसार खत्रीको उपचारकाक्रममा आइतबार बिहान ४ बजे निधन भएको हो । खत्रि मुसीकोट नगरपालिका वडा नं २ राउखेत निवासी हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार