सेनाको लेखरचना प्रतियोगिता, उत्कृष्टले २ लाख पाउने

सेनाको लेखरचना प्रतियोगिता, उत्कृष्टले २ लाख पाउने

चैत ३० काठमाडौ

नेपाली सेनाले उत्कृष्ट लेखलाई २ लाख रुपैयाँ पुरस्कार दिनेगरी ‘खुला सामरिक लेख रचना प्रतियोगिता २०७७’ को सूचना सार्वजनिक गरेको छ।  खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य अनुरुप भन्दै आइतबार सेनाले प्रतियोगितामा सहभागी हुन सूचना प्रकाशित गरेको हो।

लेखरचनाका लागि सेनाले ७ वटा विषय तोकेको छ। जसमध्ये राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिँदो सुरक्षाका आयामहरु, सैनिक कुटनीति र खेलकुद तथा प्रविधि रहेका छन्।

लेखरचना गैर राजनीतिक हुनुपर्ने, ३५ सय देखि पाँच हजार शब्दसम्मको हुनुपर्ने, अंग्रेजी वा नेपाली भाषामा मात्रा हुनुपर्ने, मौलिकतामा जोड दिनुपर्ने उल्लेख छ।  इच्छुक लेखकले २०७७ साल साउन ३२ गतेसम्म आवेदन दिन सक्ने नेपाली सेनाले जनाएको छ। भदौ १५ गतेसम्ममा शिर्षक तय गरेर लेख लेख्न लगाइने र माघ १ गतेसम्म बुझाइसक्नुपर्ने सेनाको सूचनामा उल्लेख छ।

सेना दिवस २०७७ को अवसरमा पुरस्कार वितरण हुने सेनाले जनाएको छ। प्रथम हुनेलाई २ लाख, दोस्रोलाई १ लाख ५० हजार तृतीयलाई १ लाख पुरस्कार दिइने सूचनामा उल्लेख छ। त्यस्तै सान्त्वना हुने २७ जनालाई १० हजार रुपैयाँका दरले दिइने सेनाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार