‘माता’को भर पर्दा बालिकाको ज्यान गयो

‘माता’को भर पर्दा बालिकाको ज्यान गयो

झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा काठमाडौंमा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी २ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी० दिनेश मैनालीले बताए ।

एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो ।

‘शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्‍याइएको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने,’त्यतिन्जेल ढिला भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।’

बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार