कैलालीमा ६० वर्षीया महिलामा देखियो संक्रमण

कैलालीमा ६० वर्षीया महिलामा देखियो संक्रमण

वैशाख १ धनगढी

कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।  प्रहरीले बिरगञ्जबाट आएकी ती महिलालाई १७ गतेदेखि  लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखेको थियो ।

कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले ती महिला बिरगञ्जबाट आएको आएको पुष्टि गरे ।  प्रहरी उपरीक्षक गिरीका अनुसार कैलालीकी ती महिलाको बिरगञ्जमा चिया पसल थियो ।

उनी बिरगञ्जबाटै संक्रमित भएर आएको आशंका गरिएको छ ।   ¥यापिड टेष्टमा नेगेटिभ पाइएको उनको नमूना काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाईएको हो ।

 

सरकारले बिभिन्न जिल्लामा व्यवसाय तथा काम गर्दै आएका व्यक्तिहरुलाई लकडाउनका क्रममा आआफ्नो घर पठाउने क्रममा चैत १७ गते बिरगञ्जमा रहेका सुदूरपश्चिमका ३५ जनालाई बसमा राखेर पठाएको थियो । चैत १८ गते कैलाली पुगेका उनीहरु बिभिन्न ठाउँमा झरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार