आजदेखि रुकुम पश्चिममा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

आजदेखि रुकुम पश्चिममा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

सांकेतिक फोटो

मुसिकोट । रुकुम पश्चिमका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज शुक्रबार देखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान मा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको हो ।

यस्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गर्नुभएको छ । जिल्लामा अहिलेसम्म संक्रिय संक्रमितको संख्या ११३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार