उत्कृष्ट किसानलाई पेन्सन

उत्कृष्ट किसानलाई पेन्सन

पेन्सन पाउने किसानहरू। तस्बिर सौजन्य: दलबहादुर बस्नेत

काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको हो ।

जस अनुसार आर्थिक वर्षमा १२ जना किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

किसानहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार